काठमाडौं, ६ साउन । १२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो । तर सरकारले केही क्षेत्रमा भने प्रतिबन्ध कायमै राखेको छ ।
शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।
तर सरकारले होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न अनुमति दिएको छ । भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न छुट दिएको छ ।
यस्तै आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्ला का यातायात भदौ १ गतेबाट खुला हुनेछ । अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु पनि भदौ १ गतेबाट गर्न सकिने जनाइएको छ ।
यो पनि पढ्नुहोस् :
लकडाउन खुल्यो, अब के गर्ने ?
भदौ १ गतेदेखि लामो र छोटो दूरीका गाडी चलाउन पाइने, विद्यालयले भर्ना लिन पनि पाउने
क्याटेगोरी :
समाचार
ट्याग : #breaking,
#Corona