Techie IT
  • २०८१ जेष्ठ ५, शनिबार

गोरखापत्रको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त


काठमाडौं, १४ जेठ । गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त भएका छन् । जेठ १२ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं, कीर्तिपुर नगरपालिका-७ निवासी महर्जनलाई गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा दुई वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । ४३ वर्षीय महर्जनले करिब १६ वर्षदेखि गोरखापत्रमा रहेर रिपोर्टिङ तथा सम्पादन कार्य गर्दै आएका छन् । उनी प्रेस सेन्टर, नेपालको केन्द्रीय उपाध्यक्षसमेत हुन् । उनले त्रिभुवन विश्व विद्यालयबाट समाजशास्त्रमा एमफिल गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट