Techie IT
×
गृहपृष्ठप्रदेशधादिङमा पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु

धादिङमा पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु


धादिङ, ६ साउन । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ खबासेमा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको छ ।

गएराति माथिबाट आएको पहिरोले घर बगाउँदा २२ वर्षका मिलन खाँण, उहाँकी श्रीमती २० वर्षकी सम्झना खाँण र १८ महिनाका एक बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए। रातिको समय भएको उद्धार गर्न नसकेको स्थानीयबासिन्दा हरि विकले जानकारी दिए।

एउटा मात्र घर पहिरोले बगाएको र बाँकी ५ घर जोखिममा रहेको तथा ती परिवारलाई सुरक्षित ठाउँमा राखिएको पनि विकले जानकारी दिए। खबासेमा प्रहरी टोली पुग्दैछ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
ट्याग : #breaking, #flood, #hot, #landslide, #पहिरो, #बाढी पहिरो


तपाईको प्रतिक्रिया दिनुहोस