Techie IT
×
गृहपृष्ठसमाचारभारतको छिमेक नीतिले नेपालसम्बन्धमा ल्याएको जटिलता हटाउन माग

भारतको छिमेक नीतिले नेपालसम्बन्धमा ल्याएको जटिलता हटाउन माग


काठमाडौ । नेपालमा भारतले खेलेको भुमिकाले गर्नुपर्ने काम नगरेको र यसले जटिलता थपेकाले यसमा पुनर्विचार गर्नुपर्ने आग्रह गरिएको छ ।

नेपाल लगायतका छिमेकमा अपनाइएका नीतिले अझ जटिलता थपेकाले भारत सरकार र प्रतिपक्षले दुई पक्षीय बाटोको विकास गर्नुपर्ने आवश्यकता रहेको हिन्दुस्तान टाइम्सले आफ्नो सम्पादकीयमा उल्लेख गरेको छ ।

नेपालका छिमेकमा चिनियाँ उपस्थितिले थपिएको चुनौतीलाई सामना गर्न प्रतिपक्षी कांग्रेस नेता राहुल गान्धी र विदेशमन्त्री एस जयशंकरले यस्ता जटिलताबारे छलफल गर्नुपर्ने माग गरेको छ । भारतले नेपाल, श्रीलंका र बंगलादेशमा अपनाएका नीतिले भारतीय हितलाई चुनौती मिलेको हो ।

नेपाल बंगलादेशमा वा श्रीलंकामा भारत विरोधी राष्ट्रवादी राजनीतिक शक्तिहरुलाई राजनीतिक शक्तिलाई फाइदा पुगिरहेको छ । यी देशको भारतसँग ऐतिहासिक, जनता जनताबीचको सम्पर्क र सांस्कृति सम्बन्ध भएको बाबजुद यहाँ भारत विरोधी भावना फैलिरहेकोमा चिन्ता व्यक्त गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस