थप १८६ जनामा कोरोना संक्रमणको पुष्टि
काठमाडौं, ५ असार । पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा गएको २४ घण्टाभित्र विभिन्न प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।
त्यस्तै, आज काठमाडौं उपत्यकामा आज ३ जना थपिएका छन । काठमाडौंका २ जना र ललितपुरका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
क्याटेगोरी :
समाचार
ट्याग : #breaking,
#Corona