Techie IT
  • २०८० फागुन २०, आइतबार

दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा जलेर एक जनाको मृत्यु


फाइल तस्बिर ।

दार्चुला, ११ जेठ । दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्नाको आगलागीमा परेर ज्यान गएको हो। बुधबार बिहान चिया बनाउने क्रममा ग्यास चुहिएर भएको आगलागीमा जलेर ठगुन्ना घाइते भएका थिए। ठगुन्नाको उपचारका क्रममा नेपालगन्जस्थित अस्पतालमा गएराति मृत्यु भएको नौगाड गाउँपालिकाका प्रवक्ता राजेन्द्र बोहराले जानकारी दिए। घाइते ठगुन्नालाई बुधबार बिहान स्थानीयले स्थानीय गोकुलेश्वर अस्पताल ल्याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि घाइते ठगुन्नालाई नेपालगन्ज लगिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट