Techie IT
×
गृहपृष्ठसमाचारनारायणीको बाढी खतराको बिन्दुमा, सतर्कता अपनाउन आग्रह

नारायणीको बाढी खतराको बिन्दुमा, सतर्कता अपनाउन आग्रह


भरतपुर, ५ साउन । लगातारको वर्षाले नारायणी नदीको सतह बढ्दै गएपछि नदी वरपरका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जल सतह सतर्कता तहनजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले सुचना जारी गर्दै बिहान १० बजे नारायणी नदी देवघाट बाढीमापन केन्द्रमा जलसतह सतर्कता खतराको तहमा पुगेको र बढ्दो क्रममा रहेकाले चितवन र नवलपरासीको नारायणीको तटीय क्षेत्रमा हुनेहरूले बेलुकासम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पनि नदी तटमा बस्नहरूलाई उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् ।
“चितवनतर्फ भरतपुर महानगरको वडा नम्बर १६,२६,२७ र २८ का बासिन्दा नारायणी नदी कटान तथा डुबानको उच्च जोखिममा रहेकाले उच्च सर्तकता रहनुहोला”, प्रजिअ भट्टराईले सुचनामा भनेका छन् ।

यस्तै राप्ती नदीको सतह पनि क्रमशः बढ्दै गएकाले नदी किनारका बासिन्दाहरूलाई पनि सर्तक रहन उनले आग्रह गरेका छन् । राप्ती नदीमा बाढी आए विशेष त रत्ननगरको सौराहा र भरपुरको २२, २७ र २८ मा असर गर्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पहिरो, #बाढी पहिरो


तपाईको प्रतिक्रिया दिनुहोस