Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशधनुषामा युवकको गोली हानी हत्या

धनुषामा युवकको गोली हानी हत्या

सबैला नगरपालिका ७ लवटोली निवासी २५ बर्षीय हारुन मण्डलको गोली हानी हत्या


जनकपुर । अज्ञात समुहले धनुषाको सबैला नगरपालिकामा एक युवकको गोली हानी हत्या गरेका छन् ।

घरबाट बोलाएर अज्ञात समुहले सबैला नगरपालिका ७ लवटोली निवासी २५ बर्षीय हारुन मण्डलको गोली हानी हत्या गरेका हुन् । घरभन्दा करिब २ सय मिटरको दुरीमा मण्डलको शब आज फेला परेको हो ।

प्रहरीका अनुसार मण्डलको टाउकोमा गोली लागेको छ । घरबाट बोलाएर गोली हानी हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घटना बारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस