Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

वर्षाले नारायणगढ मुग्लिन सडक अवरुद्ध


भरतपुर ५ साउन । लगातारको वर्षाका कारण नारायणगढ मुग्लिन सडक को ठाउँ ठाउँमा पहिरो खसेको छ । पहिरोले सडक अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यलय चितवनले सर्वसाधरणमा सूचना जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्राईले राजमार्गको चार किलो र चोर खोलामा पहिरो खसेको जानकारी दिए ।
“यति वेला पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध छ सडक खुला गर्न दिनभरी नै समय लाग्ने हुदा यात्रुहरुले विकल्पका सडक प्रयोग गर्नु होला”, प्रजिअ भट्टराइले भने ।

“पानी लगातार परिरहेको छ । माथिवाट पनि पहिरो झरिरहेकाले तत्काल पहिरो सफा गर्न सकिने अवस्था छैन”, उनले भने । नारायणग मुग्लिन सडकको पूर्ननिर्माणको काम सकिए पनि सडक माथिका पहिरो नियन्त्रणको काम भने सकिएको थिएन । सडकका विभिन्न पहिरो जोखिम क्षेत्रको ब्यवस्थापनको काम भैरहेका वेला यो पहिरो खसेको हो ।

अहिले नारायणगढ मुग्लिन सडकमा देखिएको समस्या सडक विस्तारका क्रममा काटिएका पहाडको उचित ब्यवस्थापन हुन नसकेका कारणले भएको प्राविधिकहरुले औल्याएका छन् । “भूगर्व विज्ञहरुले पहिरो खस्दैन भनेकै ठाउँवाट पनि पहिरो खसेर समस्या हुने हो कि भन्ने देखिएको छ”, आयोजनामा काम गरि सकेकन एक प्राविधिकले भजे । नारायणगढ मुग्लिन सडकमा ३१ वटा ठाउँमा पहिरोको जोखिम औल्याइ सडक आयोजनाले नियन्त्रणको प्रयास गरि रहेपनि थप सात ठाउँमा नयाँ पहिरो अघिल्लो वर्ष नै खसेको हो । अहिले पहिरो खसेका दुवै ठाउँमा अघिल्लो वर्ष पनि पहिरो खसेको ठाँउ हो ।

नारायणगढ मुग्लिन सडकमा गत वर्षवाटै टोपे खोला, चार किलो, जलविरे, भालुढुङ्गे लगाएतका सात ठाउँमा पहिरो झर्न शुरु गर्यो । जुन ठाउँलाई विज्ञहरुले यस अघि पहिरो झर्ने जोखिम क्षेत्रका रुपमा औल्याएका थिएनन् । भालु ढुङ्गा र चार किलोको पहरो नियन्त्रणको काम गत वर्ष गर्न सकिएको थिएन भने अन्य थप पाँच ठाउँमा पहिरो खस्ने समस्या देखिएपछि नियन्त्रणको काम भैरहेको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

पहिरो जोखिमको क्षेत्र गाईघाट, घुमाउने, चारकिलो नजिक, टोपे खोला र काली खोलामा पहिरो रोक्नु पर्ने अबस्था छ । ती ठाउँमा गत वर्ष अन्य ठाउँमा गरिएका रक नेटिङ् (ढुङ्गालाई तारले वाध्ने), रक वोल्टीङ्ढु (ङ्गामा नट वल्टुले कस्ने), वायो ईन्जिनियरीङ् (बिरुवा रोप्ने) संगै नयाँ प्रबिधि रवर सिल गर्ने (ढुङ्गाको प्वाल परेको ठाउँमा रवर छिराएर वन्द गर्ने) गरि गृहकार्य भैरहेको छ ।
यस्तै सोहि सडक खण्डको १७ किलो र २६ किलोमा गत वर्ष काम गर्दा गर्दै सडक भासिएको थियो भने २४ किलोमा नदी छेउमा राखिएको व्लक वगाएको थियो । १७ किलोमा ४० मिटर लामो र ६ मिटर चौडाई सडक तीन दशमलब ५ मिटर तल त्रिशुलीमा धसिएको थियो । यसको मर्मत सुधार भैसकेको छ ।
यस्तै २६ किलोमा ७० मिटर लामो र ७ मिटर चौडाई सडक ४० सेन्टिमिटर भासिएको थियो । २४ किलोमा त्रिशुल तर्फ राखिएका व्लक मध्ये ३५÷३६ वटा वगाएको थियो । यो पहिरो नियन्त्रणको काम भैरहेको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
ट्याग : #hot, #landslide

प्रतिक्रिया


ताजा अपडेट