Techie IT
×
गृहपृष्ठसमाचारकम्युनिस्ट शब्द सँग डराउने अमेरिका

कम्युनिस्ट शब्द सँग डराउने अमेरिका


काठमाडौं । अमेरिका र चीनबीचको तनाव बढ्दै गइरहेका बेला अमेरिका कम्युनिस्ट शब्दसँग डराउने गरेको खुलासा भएको छ ।अमेरिकी रक्षामन्त्री मार्क एस्परले चीनलाई निशाना बनाएर वाक आक्रमण गर्दै आएका छन् ।

एस्परले भनेका छन् “ उदीयमान चीनसँग अमेरिकी नेतृत्वको कुनै चिन्ता चासो छैन तर चिनियाँ कम्युनिस्ट पार्टीको सुशासन भित्र उदाइरहेको चीन चिन्ताको विषय हो ।” यो विषय अमेरिकाको रक्षामन्त्रालयको वेबसाइटमा उल्लेख रहेको छ ।

साथै अमेरिकी रक्षामन्त्री एस्परले रुस भन्दा चीन ठूलो समस्या रहेको बताए । अमेरिकाले कम्युनिस्ट पार्टीका बारेमा प्रचार हतकण्डा केही चिनियाँ अमेरिकीहरुको लहैलहैमा लागेर गरिरहेको ग्लोबल टाइम्सले जनाएको छ ।

सन् १९८०को दशमा चीनबाट अमेरिका गएको र कहिल्यै चीन नफर्केर त्यही बसी अमेरिकाको विदेश विभागमा चिनियाँ अमेरिकी विज्ञ बनेका छन् । जसलाई अमेरिकाले ‘राज्यको खजाना’ भनी सम्मान दिइएको छ ।

तिनलाई चीनका बारेमा सबै थोक थाहा हुने गरी इन्साक्लोपिडिया भनी मान दिइएको छ । २० वर्षको उमेरमा चीनबाट अमेरिका गएको र चीन नफर्कि त्यही बसेकाहरुले चीनको बारेमा कसरी सही बताउन सक्छन् ।चीनको विकासको बारेमा कसरी बताउन सक्छन् । उनीहरुले चीनको बारेमा भ्रम मात्र फाल्न सक्छन् ।

चिनिया कम्युनिस्ट पार्टी चिनियाँ समाजसँग अभिन्नरुपले स्थापित भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको विरोध गर्नु भनेको वास्तवमा चीन विरूद्धको आक्रमण ठहरिन पुग्छ ।

अमेरिकी रक्षामन्त्री एस्परले चिनियाँ कम्युनिस्ट पार्टी विरूद्ध यस्तो बोलेर १.४ अर्ब मानिससहितको चीनको विकासलाई अवरुद्ध पार्न खोजेका ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले विकास नगरेको भए चीन गरिबीले पिल्सिएका, सोभियत संघ भन्दा पनि नराम्ररी टुक्रा भएर बाँच्नु पर्ने अवस्थामा आज हुने बुझाइ आम चिनियाँहरुमा रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार