व्यापक अनियमितता भएको गाउँपालिका उपाध्यक्षको आरोप
गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा गाउँपालिकामा व्यापक अनियमितता भएको आरोप
सप्तरी । कोरोना भाइरस(कोभिड –१९)नियन्त्रण तथा राहत बितरणको नाममा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा व्यापक अनियमितता भएको गाउँपालिका उपाध्यक्षले आरोप लगाएकी छिन् ।
गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवले आज प्रेस बिज्ञप्ती जारी गर्दै गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा गाउँपालिकामा व्यापक अनियमितता भएको आरोप लगाएकी हुन् ।
कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा राहत बितरणको नाममा गाउँपालिका अध्यक्ष र प्रशाकीय अधिकृत मिलेर ठुलो अनियमितता गरेको आरोप लगाउँदै उपाध्यक्ष यादवले विकास निर्माणको बजेटमा समेत व्यापक आर्थिक अनियमितता भएको बिज्ञप्तीमा उल्लेख गरेकी छिन् ।
गाउँपालिकाले अधिकांश विकास निर्माण लगायतका योजनाहरु गोप्य सुचना निकालेर विकास निर्माणको कार्यमा समेत आर्थिक अनियमितता भएको भन्दै विज्ञप्तिमा करार कर्मचारीलाई लाखो रकम ऐन विपरित खर्च गर्न दिने गरेको आरोप समेत लगाइएको छ ।
सो बिषयलाई लिएर पटक पटक अनियमितता रोक्नका लागि लिखित रुपमा उजुरी दिदाँ पनि गाउँपालिकाले हालसम्म कुनै जानकारी नदिएकोले तीन दिन भित्र आफुले उठाएको मागहरु पूरा नभए गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गर्ने गाउपालिकाकी उपाध्यक्ष यादवलले विज्ञप्तिमार्फत चेतावनी दिनुभएको छ ।
क्याटेगोरी :
समाचार