गृहपृष्ठ ∕
समाचार ∕
आइतबार १५६ जना कोरोना संक्रमित थपिए, उपत्यकामा तीन जना आइतबार १५६ जना कोरोना संक्रमित थपिए, उपत्यकामा तीन जना
आठ जिल्ला कोरोनामुक्त
आइतबार नेपालभर १५६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ।
यसदिन काठमाडौंका एक जना र ललितपुरका २ जनामा कोरोना संक्रमण पाइएको छ। यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ५८ रहेको छ। नेपालमा हालसम्म कोरोना मुक्त भएकाको कुल संख्या ११ हजार ६९५ पुगेको छ।
आठ जिल्ला कोरोनामुक्त:
पछिल्लो अपडेट अनुसार हालसम्म देशका भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी आठ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् ।
क्याटेगोरी :
समाचार
ट्याग : #breaking,
#Corona