गृहपृष्ठ ∕
प्रदेश ∕
नेपाल– भारत सीमा ठोरीमा उखेलिएको स्तम्भ फेरि गाडियो
नेपाल– भारत सीमा ठोरीमा उखेलिएको स्तम्भ फेरि गाडियो
पर्सा, ४ साउन । पर्साको ठोरी गाउँपालिका वडा नम्बर–२ मा पर्ने सीतागुफास्थित नेपाल–भारत सीमा क्षेत्रमा शनिबार उखेलेर फालिएको सीमा स्तम्भ फेरि गाडिएको छ।
ठोरी गाउँपालिका अध्यक्ष पी एल श्रेष्ठले दुई देशका जनप्रतिनिधि र प्रहरी अधिकारीहरुको उपस्थितीमा पिलर गाडिएको बताए । उनले भने, शनिबार राम जन्भूमीमा दिनभरी मेला लाग्यो, दिउँस २–३ बजेको समययमा केही उच्छृंखल भिडले गालिगलौज गर्दै सीमा स्तम्भ उखेलेको हो ।
सीमा स्तम्भ उखेलेर फालिएको थाहा पाएपछि ठोरी गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी लगायतको टोली त्यहाँ पुगेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम जन्मभूमि ठोरीमा भएको अभिव्यक्ति दिएपछि अहिले ठोरीमा भगवान राम र सीताको नाममा रहेको विभिन्न स्थानहरु चर्चामा आएका छन् । अध्यक्ष पी एल श्रेष्ठका अनुसार उक्त पिलरको पुरानो नम्बर ३५ हो ।
क्याटेगोरी :
प्रदेश,
मधेस प्रदेश,
समाचार
ट्याग : #hot