Techie IT
×
गृहपृष्ठसमाचारभोलिदेखि सार्वजनिक यायातात सञ्चालन गर्न व्यवसायीहरु तयार

भोलिदेखि सार्वजनिक यायातात सञ्चालन गर्न व्यवसायीहरु तयार


काठमाण्डौ, ४ साउन । सरकारको निर्णयअनुसार भोलि (सोमबार) देखि यातायात सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् ।

सरकारले असार २६ गते यातायात सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु सोमबारबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् । यातायात व्यवस्था विभागमा आइतबार भएको छलफलमा व्यवसायीहरुले भोलिदेखि यातायात सञ्चालन गर्ने बताएका छन् ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले सोमबार बिहानबाट यातायात सञ्चालन गर्ने बताए ।

सरकारी निर्णयअनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु गाडी सञ्चालन गर्न तयार भएको उनले बताए । कोभिड–१९ सङ्क्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाइका साथ पालना गर्न पनि उनले आग्रह गरे।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीतिमार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो । नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन भएको उहाँले बताउनुभयो ।

अहिले अन्तर जिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् । उपत्यकाको हकमा काठमाण्डौ, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् । अहिले पनि साझा यातायात, मयूर यातायात, सुन्दर यातायात र संयुक्त यातायातलगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा रहेका छन् ।

व्यवसायीहरुले लामो दुरीको सवारी सञ्चालनका लागिसमेत तयारी भइरहेको बताएका छन् ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस