Techie IT
  • २०८१ जेष्ठ ५, शनिबार

गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी


गोरखा, ७ जेठ । गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ७ स्थित बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ। आइतबार बिहान करिब ४ः३० बजे बिजुली सर्ट भई आगलागी भएको हो। वडाध्यक्ष शरण श्रेष्ठका अनुसार आगलागीबाट स्वास्थ्य चौकीको माथिल्लो तलामा रहेको स्टोर, प्रशासन कक्ष र महत्वपूर्ण कागजात र साम्रगी जलेर नष्ट भएको छ। वडा नम्बर ७ र ८ का स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनप्रनिनिधि लगायतले आगो नियन्त्रणमा लिएका छन्। स्वास्थ्य चौकी प्रमुख बिमला पुलामीका अनुसार बिहान ६ः३० बजे आगो नियन्त्रणमा लिइएको हो। जेठ ९ गतेसम्मका लागि आकस्मिकबाहेक सेवा बन्द रहने उनको भनाइ छ। औषधिलगायत सामग्री जुटाउने काम भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट