Techie IT
×
गृहपृष्ठसमाचारथप ५७ जनामा देखियो कोरोना संक्रमण

थप ५७ जनामा देखियो कोरोना संक्रमण


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट थप ५७ जना संक्रमित भएका छन्। नेपालभर रहेको २७ वटा प्रयोगशालामा ३ हजार ३ सय ३१ जनाको परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी २४ घण्टामा १ सय ३ जना डिस्चार्ज भएका छन्। यससँगै देशभर कोरोना संक्रमित भएका ११ हजार ३ सय ३७ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल देशभर ५ हजार ८ सय २५ जनामा कोरोना एक्टिभ रहेको छ। शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार