गृहपृष्ठ ∕
प्रदेश ∕
सुनसरीमा सुरक्षाकर्मी र तस्कर समूहबीच झडप, प्रहरीसहित दुई जना घाइते
सुनसरीमा सुरक्षाकर्मी र तस्कर समूहबीच झडप, प्रहरीसहित दुई जना घाइते
सुनसरी, ३ साउन । हरिनगरको घुस्कीमा सुरक्षाकर्मी र तस्कर समूहबीच झडप हुँदा एक प्रहरीसहित दुई जना घाइते भएका छन् ।
गएराति हरिनगर गाउँपालिकाको वडा नम्बर ७ घुस्कीमा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप हुँदा गोली लागेर हरिनगरका २० वर्षीय सहजद जट अन्सारी घाइते भएका प्रहरीले जनाएको छ । यस्तै सशस्त्र प्रहरी जवान जीवराज बिसुन्खेको टाउकोमा चोट लागेको छ ।
हरिनगर गाउँपालिका ७ को घुस्कीमा भारतबाट आएका समूहले काममा खटिएका सशस्त्र प्रहरीले बोकेको हतियार खोस्ने क्रममा लोड गरिएको बन्दुक पड्किएको थियो । बन्दुक पड्किंदा अन्सारीको पेटमा गोली लागेको सशस्त्र प्रहरीको नम्बर ४ गण सुनसरीका प्रमुख एसपी कृष्ण ढकालले जानकारी दिए ।
यसअघि हिजो पनि सुनसरीको देवानगञ्ज गाउँपालिका ३ पानीट्याङकीमा प्रहरी र भारतबाट आएका केही नागरिकबीच झडप भएको थियो ।
क्याटेगोरी :
प्रदेश,
प्रदेश १,
समाचार