Techie IT
×
गृहपृष्ठप्रदेशसिरहामा बम बिस्फोट, एकजना घाइते

सिरहामा बम बिस्फोट, एकजना घाइते


सिरहा, ३ साउन । सिरहाको औरही गाउँपालिका ५ मा गएराति बम बिस्फोट भएको छ ।

बिस्फोटमा घरमा सुतिरहेका सुवर्ण यादव घाइते भएका छन् । उनको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए।

यादव तत्कालीन औरही गाविसका अध्यक्ष एवं नेकपाका स्थानीय नेता हुन् ।


क्याटेगोरी : प्रदेश, मधेस प्रदेश, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस