Techie IT
×
गृहपृष्ठसमाचारमानिसको मगजमा दैनिक ६ हजार बढी सोचाइ

मानिसको मगजमा दैनिक ६ हजार बढी सोचाइ


काठमाडौ । औसत व्यक्तिमा एक दिनमा ६ हजार भन्दा बढी सोचाइहरु हुन्छन् । अनुसन्धानकर्ताहरुको नयाँ अध्ययनबाट यो पत्ता लागेको हो ।

एक दिनमा उत्पन्न हुने र समाप्त हुने सोचाइलाई पत्ता लगाउने विषयमा केन्द्रित भइ गरिएको यो अध्ययनबाट यस्तो पत्ता लागेको हो । अनुसन्धानकर्ताले यसका लागि नयाँ विधि डिजाइन गरेका थिए ।

जब कुनै व्यक्ति कुनै एक विचारमा केन्द्रित हुन्छ त्यसलाई वा त्यो क्षणलाई ‘सोच्ने किरा’ (थट वर्म) भनिन्छ । यसले विशेष क्षणलाई छुट्टयाउँछ । यो टोलीले व्यक्तिको सोचाईका मापन गर्दा उसको व्यक्तित्वको अवधारणबारे पूर्वानुमान गर्न सक्ने जनाएको छ ।

कगनिटिभ न्युरोसाइन्समा क्यानाडा अनुसन्धान प्रमुख डा. जोर्डन पोपेन्कले भने “ मस्तिस्कको गतिविधिसम्बन्धी खाकाको सामान्यकृत प्रतिनिधित्व गर्ने बिन्दुहरुमा रहेका आसन्न बिन्दुहरुलाई सोच्ने किरा भन्छौं । मस्तिस्कले हरेक क्षण यो ठाउँमा (स्टेट स्पेस)कुनै फरक बिन्दुलाई ग्रहण गर्छ ।”

जब कुनै व्यक्ति कुनै नयाँ सोचाइमा सर्छ त्यहाँ एक नयाँ सोच्ने किरा उत्पन्न हुन्छ जसलाई उनीहरुको विधिबाट पत्ता लगाउन सकिने उनले जनाए ।

मानिसहरुले सिनेमा हेरिरहेका बेला नयाँ घटना भएका बेला सोच्ने किरा त्यहाँ उत्पन्न हुने गरेको यो विधिबाट फेला पारिएको छ ।

डा. पोपेन्क र उनको टोलीले गरेको अनुमान अनुसार औसत व्यक्तिमा प्रतिदिन ६ हजार २सय विचार उत्पन्न हुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार