थप १०१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं , २ साउन । शुक्रबार नेपालमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।
शुक्रबार ४ हजार ६८८ जनाको आरटी पीसीआर परीक्षण गरिएको थियो ।
त्यस्तै गएको २४ घण्टमा २ सय ८५ जना डिस्चार्ज भएका छन् भने हालसम्म ११ हजार ५ सय ३४ जना डिस्चार्ज भइसकेका मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
हाल ५ हजार ८७१ जना संक्रमित आइसोलेसनमा उपचाररत छन् । क्वारेन्टिनमा २२ हजार ७ सय ५६ जना रहेका छन् ।
क्याटेगोरी :
समाचार
ट्याग : #Corona,
#hot