गृहपृष्ठ ∕
खेलकुद ∕
खेलकुद पत्रकार तिमल्सिनामाथि गणेश थापाद्वारा दुव्र्यवहार
खेलकुद पत्रकार तिमल्सिनामाथि गणेश थापाद्वारा दुव्र्यवहार
काठमाडौं, २ साउन । खेलकुद पत्रकार प्रकाश तिमल्सिनालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले दुव्र्यवहार गरेका छन् । सोको बिरोधमा नेपाल खेलकुद पत्रकार मञ्चे विज्ञप्ति प्रकाशित गरी गम्भीर ध्नाकर्षण भएको जनाएको छ ।
बिहीबार साँझ समाचार संकलनका लागि फोन वार्ता गर्ने क्रममा थापाले ‘हाम्रो खेलकुद डटकम’का सम्पादक तिमिल्सिनालाई गाली गलौजसहित अभद्र ब्यवहार गरेको बिज्ञप्तिमा जनाइएको छ । बिज्ञप्तिमा जनाइए अनुसार गणेश थापासँगको टेलिफोन वार्ता पछि उनका छोरा अभिषेकले अनलाइनको कार्यालयमा नै गई पत्रकार तिमल्सिनालाई धम्क्याउँदै बादविवाद गरेकोप्रति पत्रकार मञ्चले विरोध जनाएको हो ।
मन्चले यस विषयमा नेपाल पत्रकार महासंघ, अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआईपीएस) र एआईपीएस एसियाको समेत ध्यानाकर्षण गराउँदै सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको छ ।

क्याटेगोरी :
खेलकुद,
समाचार