Techie IT
×
गृहपृष्ठसमाचारकोरोना संक्रमणबाट सप्तरीका एक बृद्धको मृत्यु

कोरोना संक्रमणबाट सप्तरीका एक बृद्धको मृत्यु


सप्तरी, २ साउन । कोरोना भाइरसबाट संक्रमित सप्तरीको एक बृद्धको मृत्यु भएको छ । कोरोनाबाट संक्रमित राजविराज नगरपालिका ६ निवासी ७३ बर्षीय बृद्धको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेसनमा उपचारको क्रममा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । उच्च रक्तचाप, मधुमेह र मुटु रोगबाट पीडित बृद्धको स्वास्थ्य अवस्था बिग्रिएपछि गत बुधवार उपचारका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर भएपछि आकस्मिक कक्षमा राखेर उपचार थालिएको थियो । उनमा कोरोना संक्रमण भए नभएको जाँच गर्न बुधवार नै स्वाब संकलन गरिएको र बिहीवार कोरोना संक्रमण पुष्टी भएको प्रतिष्ठानका प्रबक्ता डा. दिनेश सापकोटाले जानकारी दिए । संक्रमण पुष्टी भएपछि आईसोलेसनमा सिप्ट गरिएका बृद्धको बिहीवार मध्यरात मृत्यु भएको प्रबक्ता डा. सापकोटोले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Corona


तपाईको प्रतिक्रिया दिनुहोस