Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशकास्कीको माछापुच्छ्रेमा पहिरोले घर पुरिंदा ३ जनाको मृत्यु

कास्कीको माछापुच्छ्रेमा पहिरोले घर पुरिंदा ३ जनाको मृत्यु


कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा पर्ने खोरको मुखमा पहिरोले घर पुरिंदा तीन जनाको ज्यान गएको छ ।

अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोले प्रेमराज बिकको घर पुरिंदा उहाँका नाति र नातिनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । पहिरोमा परेर प्रेमराज बिकका १६ वर्षीय नाति कुशल, नातिनी १६ वर्षीया रोजिना र नाती १४ वर्षीय समीरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

प्रेमराज र उनकाी श्रीमती सकुशल रहेको उनले जानकारी दिए । प्रेमराजको छोरा बुहारी घरमा नभएकाले सुरक्षित रहेकोे प्रहरी प्रवक्ता हमालले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश, गण्डकी प्रदेश, समाचार
ट्याग : #breaking, #landslide

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार