Techie IT
×
गृहपृष्ठसमाचारपोखरामा सुन तथा नगद लुटपाट

पोखरामा सुन तथा नगद लुटपाट


कास्की, १ साउन । पोखरा महानगरपालिका–१६ शान्तीदिप डेरा गरी बस्ने म्याग्दी धौलागिरी गाउँपालिका–४ घर भएकी ७७ वर्षीया महिलाको करिब २ तोला सुन र नगद १५ हजार शुक्रबार राति लुटपाट भएको छ ।
२र३ दिन पहिलादेखि साग बेच्न आउँदा चिनजान भएकी बाग्लुङ घर बताउने करिब ५० वर्षीया महिलाले पत्थरीको औषधि भन्दै बेहोस बनाउने खुवाईपीडितको साथमा रहेको उक्त सुन र नगद लुटपाट गरेको बताइएको छ । बेहोस महिलाको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।
लुटेराको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार