एक सय ६७ जना कोरोना संक्रमित थपिए
काठमाण्डौ, १ साउन । पछिल्लो २४ घण्टामा थप एक सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार एक सय ६७ जना थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या १७ हजार तीन सय ४४ पुगेको छ ।
देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या जम्मा ६ हजार ५६ मात्रै रहेको छ । पछिल्लो २४ घण्टामा थप दुई सय १३ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै बिहीबारसम्म ११ हजार दुई सय ४९ जना डिस्चार्ज भएका छन् ।
कुल बिरामीमध्ये ६४ दशमलव ८५ प्रतिशत बिरामी निको भएर घर फर्किएका छन् । भोजपुर, सङ्खुवासभा, मनाङ, मुस्ताङ र हुम्लामा सक्रिय सङ्क्रमित नरहेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी :
समाचार,
स्वास्थ्य
ट्याग : #breaking,
#Corona