बैंक अगाडि संकास्पद बस्तु फेला
सल्यान, १ साउन । सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ बागचौर बजारमा संकास्पद बस्तु फेला परेको छ । आज बिहान बागचौर बजारमा रहेको मुक्तनाथबिकास बैंक अगाडि उक्त बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बिहान करिब ६:०० बजेको समयमा सानो बाल्टिनमा राखेको संकास्पद बस्तु भेटिएपछि स्थानीयले प्रहरीललाई खबर गरेपछि त्यहाँ प्रहरी परिचालन गरेको जानकारी दिए ।
उनका अनुसार बस्तु सँगै केही कुरा लेखेको पत्र समेत छोडिएको छ । राखेको पर्चामा कोरोनामहामारीको समयमा समेत किसानहरुसंग ऋण असुली गरेको, लकडाउनको समयमा किसानहरुलाइ ऋण तिर्न बाध्यपारेको लगायतका कुरा पर्चामा लेखिएको छ । संकास्पद बस्तुलाई डिस्पोजन गर्न नेपाली सेना त्यसतर्फ जादै गरेको छ ।
क्याटेगोरी :
प्रदेश,
कर्णाली प्रदेश,
समाचार