सिन्धुपाल्चोक पहिरो अपडेट : ज्यान गुमाउनेको पहिचान खुल्यो
सिन्धुपाल्चोक, १ साउन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोमा बेपत्ताको परिचय खुलेको छ ।
पहिरोमा परी बेपत्ता हुनेमा वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमबुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् ।
पहिरोले ग्याल्जेन शेर्पा र नोर्सङ्ग शेर्पाको घर पुरेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । बेपत्ता हुनेमा ग्याल्जेन शेर्पाको परिवार रहेका छन् ।
उद्धारका लागि प्रहरीको टोली र स्थानीय बासिन्दा खटिएका गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए । पहिरोले फुल्पिङकट्टीको पञ्चकन्या स्कुलमा पनि क्षति गरेको छ ।
क्याटेगोरी :
समाचार,
बाग्मती प्रदेश
ट्याग : #breaking,
#landslide