Techie IT
×
गृहपृष्ठसमाचारफेड अधिकारी भन्छन् –“अमेरिकी अर्थतन्त्रको बाटो कोभिड–१९ले तय गर्ने”

फेड अधिकारी भन्छन् –“अमेरिकी अर्थतन्त्रको बाटो कोभिड–१९ले तय गर्ने”


काठमाडौ । अमेरिकी अर्थतन्त्रको बाटो अब कोभिड–१९ले तय गर्ने अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भका एक बरिष्ठ अधिकारीले जनाएका छन् ।

वैश्विक महामारी कोभिड–१९ नियन्त्रण गर्न अमेरिका असफल भइरहेको देखिएको छ ।

फिलाडेल्फियाको फेडरल रिजर्भका अध्यक्ष प्याट्रिक हार्करले भने “लाखौं लाख अमेरिकीहरुको ज्यान गएको बाबजुत देश अझ भाइरस नियन्त्रण गर्न असफल रहेको छ ।”

अमेरिकामा ३४ लाख ६० हजार बढी कोभिड–१९ संक्रमित संख्या पुगेको छ भने मर्नेहरुको संख्या १ लाख ३६ हजार नाघेको छ ।हार्करले भने “ हाम्रो देशको आर्थिक भूमिका कोभिड–१९ले पार्ने प्रभावका आधारमा तय हुनेछ ।”

सन् २०२०मा अमेरिकाको आर्थिक बृद्धि ऋणत्मक ६ प्रतिशतको वरिपरि हुनेछ । यो सन् २००८ यताकै सबै भन्दा खराब हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस