गृहपृष्ठ ∕
प्रदेश ∕
काठमाडौं उपत्यकामा चल्न थाले साझा बस, यी हुन् रुटहरु
काठमाडौं उपत्यकामा चल्न थाले साझा बस, यी हुन् रुटहरु
काठमाडौं, १ साउन । काठमाण्डौ उपत्यकामा आजदेखि साझा गुड्न थालेको छ । ७१ वटा बसमध्ये आजदेखि २६ वटा बस विभिन्न रुटमा चलाउन थालिएको साझा यातायातका कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।
उनका अनुसार यी गाडी लगनखेलदेखि नयाँ बसपार्क, लगनखेलदेखि बुढानिलकण्ठ, गोदावरी रत्नपार्क, लामाटार रत्नपार्क, लगनखेल–सातदोबाटो–कलंकी हुँदै थानकोट, लगनखेल–बानेश्वर–एयरपोर्ट–चाबहिल हुँदै नयाँ बसपार्क, रत्नपार्क–कंलकी–स्वयम्भु हुँदै बालाजु, रत्नपार्कबाट सूर्यविनायक र बुङमतीबाट बुढानिलकण्ठसम्म चल्नेछन् ।
कोरोना सङ्क्रमणबाट बच्न यात्रु आफैंले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने साझा यातायातले जनाएको छ । सरकारले तोकेको मापदण्डअनुसार चालक र सहचालकले मास्क र पन्जा लगाएका छन् । यात्रुलाई पनि अनिवार्य मास्क लगाउन साझा यातायातले आग्रह गरेको छ ।
सरकारले मास्क र पञ्जासँगै बसमा स्यानिटाइजर राख्न तथा एउटा सिटमा एक जना मात्रै यात्रु राख्न पाइने नियम बनाएको छ । यसअघि चल्न थालेका अरु सार्वजनिक गाडीले पनि यही नियम अपनाएका छन् । सरकारले ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने नियम बनाएको छ ।
साझाले पनि ५० प्रतिसम्म बढी भाडा लिने भन्दै यात्रुलाई खुद्रा पैसा बोक्न अनुरोध गरेको छ । काठमाण्डौ उपत्यकाका १० वटा रुटमा साझा बस चल्छन् । साझाले अपाङ्तामैत्री सेमी लो फ्लोर बस सञ्चालनमा ल्याएको छ ।

क्याटेगोरी :
प्रदेश,
बाग्मती प्रदेश,
समाचार
ट्याग : #hot