सिन्धुपाल्चोकमा फेरि पहिरो, पाँच जना बेपत्ता
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोमा परेर ५ जना बेपत्ता भएका छन् ।
पहिरोले ग्याल्जेन शेर्पा र नोर्सङ्ग शेर्पाको घर पुरेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । पहिरोले ग्याल्जेन शेर्पाको घर पुरिंदा उनका ५ जना परिवार बेपत्ता भएका हुन् ।
उद्धारका लागि प्रहरीको टोली र स्थानीय बासिन्दा खटिएका पनि गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए। पहिरोले फुल्पिङकट्टीको पञ्चकन्या स्कुलमा पनि क्षति गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

क्याटेगोरी :
प्रदेश,
बाग्मती प्रदेश,
समाचार
ट्याग : #breaking,
#landslide