Techie IT
×
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशकर्णालीमा टिपर खस्यो, ३० जना भन्दा बढी बेपत्ता

कर्णालीमा टिपर खस्यो, ३० जना भन्दा बढी बेपत्ता


कालीकोट, २८ जेठ । कालीकोटको लालीघाट नजिकै जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर कर्णालीमा खसेको छ ।
रासकोट नरपालिकामा रहेको क्वारेन्टाइनमा मानिसहरु पुर्‍याउन गएको टिपरमा सवारमध्ये ३२ जना नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएपसी श्यामबाबु ओलियाले बताए ।

उनका अनुसार जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा टिपर खसेको हो । नदीमा हराएकाको खोजी कार्य जारी रहेको पनि उनले बताए । उनले टिपरमा रहेका मानिसहरु भारतबाट आएका हुनसक्ने पनि बताए ।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस