Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशवीरगञ्जमा ७.५ हजार टनको भकारी भत्किदा ६ जना घाइते

वीरगञ्जमा ७.५ हजार टनको भकारी भत्किदा ६ जना घाइते


वीरगञ्जमा साइलो (भकारी) भत्किदा ६ जना मजदुर घाइते भएका छन् । वीरगञ्जको ओम चाबो मिल इड्स्ट्रिज मा मंगलबार साँझ भकारी खस्दा उक्त मिलमा कार्यरत ६ जना मजदुर घाइते भएका हुन् ।

कुखुराको दाना बनाउने वीरगञ्जको नितनपुर स्थित सो कारखानामा मंगलबार साँझ ६ बजे मकै राख्ने ७.५ हजार टन क्षमताको भकारी एक्कासी खसेको थियो । मकै ट्रकबाट भकारीमा राख्ने क्रममा साइलो एक्कासी झरेपछि भकारी काम नलाग्ने अवस्थामा पुगेको ओम चाबो मिल इड्स्ट्रिजका संचालक सुरेश रुगटाले बताए । भकारी खसेको कारण करिव १५ करोडको क्षति भएको उनको भनाइ छ ।

ट्रक वाट साइलो (भकारी) मा मकै राख्दा एका एक साइलो फसेको र हेर्दा हेर्दै साइलो (भकारी) गिरेको संचालक सुरेश रुगटाले बताए ।उजले भने,दुर्घटना कसरी भयो यकिन अहिलेसम्म नभएकोले बिज्ञहरुलाइ बोलाएको छु ।ु साइलो (भकारी) ३ साल पुरानो रहेको कम्पनीका संचालकले जानकारी दिए । ७.५ हजार टन क्षमता र ६.५ टन क्षमता को मकै राखिने २ वटा साइलो रहेको छ । ७.५ टन क्षमता को साइलो खसेको हो ।

अर्को साइलो खालि नै रहेको थियो । साइलो खसेको ले घाइते ६ जना कामदार मध्ये ३ जना समान्य उपचार गराएर घर फर्किसका छन् भने ३ जना को उपचार भै रहेको छ । साइलो गिरेकोले एउटा ट्रक, एउटा मोटर साइकल मा क्षति पुगेको छ । यसै गरी कारखाना को पर्खाल पनि भत्किन पुगेको छ । मंगलबार ४ घन्टा सम्म कारखाना को उत्पादन बन्द रहेको थियो ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #hot


प्रतिक्रिया दिनुहोस