Techie IT
×
गृहपृष्ठसमाचारथप ११६ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा ७ जना

थप ११६ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा ७ जना

काठमाडौं जिल्लामा ७ जना थपिए


काठमाडौं, ३१ असार । बुधबार नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।

त्यस्तै २४ घण्टामा नेपालभर ६९७ जना डिस्चार्ज भएका छन् । त्यससँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ ।

काठमाडौं जिल्लामा ७ जना थपिए
बुधबार काठमाडौं जिल्लामा मात्र ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन् । थपिएका ७ जना कुन ठाउँका हुन् भने खुलाइएको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #Corona, #hot


प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार