Techie IT
×
गृहपृष्ठसमाचारझापामा १४ बर्षीय बालिकामाथी यौन दुर्ब्यवहार

झापामा १४ बर्षीय बालिकामाथी यौन दुर्ब्यवहार


झापा,३१ असार । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार तथा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा कचलकबलगाउँपालिका–२ बस्ने २३ वर्षीय छबिलाल राजबंशीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राजबंशीले ती बालिकालाई यौन दुर्व्यवहार तथा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पथरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस