Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

भारतमा रहेको सलह नेपाल छिर्ने सम्भावना बढ्यो


काठमाण्डौ, ३१ असार । भारतको सीमामा रहेका सलहका झुण्डहरु नेपाल आउने सम्भावना बढेको छ ।

बिहार र उत्तर प्रदेशमा रहेका सलहका झुण्ड जतिसुकै बेला पनि नेपाल आउन सक्ने भएकाले सावधानी अपनाउन प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले आग्रह गरेका छन् । । सिमावर्ती क्षेत्रका विभिन्न ठाउँमा फैलिएका झुण्ड ठूलो सङ्ख्यामा भने नभएका उनले बताए ।

थोरै सङ्ख्यामा पनि विभिन्न ठाउँमा छरिएर बसेका हुनाले हावाको गतिसँगै नेपाल आउने सम्भावना बढेको उनको भनाई छ । सलहको झुण्ड प्रदेश २ को सर्लाही तथा धनुषा, प्रदेश ५ र सूदूरपश्चिमबाट प्रवेश गर्ने सम्भावना छ । हुमागाईंका अनुसार यो भन्दाअघि नेपाल आएका झुण्डहरु भने अहिले रुकुम पश्चिम तथा बाग्लुङ र म्याग्दीको सिमानामा केही मात्रामा देखिएका छन् ।

प्रतिकूल हावापानीका कारण धेरै सलह तितरवितर भएका र केही मरेका हुन सक्ने उनको भनाई छ । बाग्लुङ र रुकुम पश्चिमबाहेक अरु ठाउँमा देखिएको खबर भने नआएको उनले बताए ।

उहाँका अनुसार हावाको दिशा विपरीत सलह उड्न नसक्ने भएकाले हावाको चाप र दिशाकै कारण भारतबाट नेपाल प्रवेश गरेका र फेरि आउने सम्भावना रहेको उहाँको भनाई छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


ताजा अपडेट