Techie IT
×
गृहपृष्ठसमाचारकाठमाडौं शाखाको पत्रकार सहायता कोषमा रकम प्रदान

काठमाडौं शाखाको पत्रकार सहायता कोषमा रकम प्रदान


काठमाडौं, ३० असार । बृद्ध, अशक्त र गम्भीर रोग लागेका पत्रकारहरुलाई सहायता प्रदान गर्न नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले स्थापना गरेको कोषमा पत्रकारहरुले स्वस्फूर्त रकम जम्मा गर्न थालेका छन् । सो कोषमा पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीले १० हजार रुपैयाँ प्रदान गरेका छन् । आफ्नो जन्म दिनको अवसरमा अध्यक्ष बिडारीले शाखाका उपाध्यक्ष सूर्य सुवेदी मार्फत सो रकम हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी सो कोषमा पत्रकार महासंघ उपत्यका प्रदेश समितिका सदस्य तथा छ्योर्तेन मासिकका सम्पादक वीरबहादुर लामाले पाँच हजार रुपैयाँ र केटिएम दैनिकका सम्पादक निशा ओलीले पाँच हजार रुपैयाँ  प्रदान गरेका छन् । सो रकम शाखा उपाध्यक्ष सुवेदी मार्फत उपलब्ध गराइएको हो ।
त्यसैगरी उक्त कोषमा काठमाडौं शाखाका सदस्य तथा सिन्धुपाल्चोकबाट प्रकाशित हुँदै आएको लोकप्रिय समाचार दैनिकका प्रकाशक/सम्पादक तथा रेडियो सञ्चालक नेत्र बहादुर बस्नेतले १० हजार रुपैयाँ प्रदान गरेका छन् ।

सदस्य संख्याको हिसाबले देशकै सबैभन्दा ठूलो काठमाडौं शाखामा आबद्ध कृयाशील पत्रकारहरु अहिले पनि मृर्गौला, दम, सुगर, प्रेसर आदि रोगले ग्रस्त छन् भने केही बयोबृद्धसमेत छन् । तिनै पत्रकारहरुका लागि राहत उपलब्ध गराउने हेतुले यो कोष खडा गरिएको र संकलित रकम केही पत्रकारहरुलाई उपलब्ध गराई सकिएको काठमाडौंँ शाखा अध्यक्ष शन्तराम बिडारीले बताए ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस