Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशप्रदेश २ सरकारद्वारा बिपद् अनुगमन समिति गठन

प्रदेश २ सरकारद्वारा बिपद् अनुगमन समिति गठन


जनकपुर, ३० असार । प्रदेश २ सरकारले प्रदेशमा बाढी पहिरोबाट भएको क्षतिको अनुगमन तथा राहतको व्यवस्थापनका लागि मन्त्री स्तरीय बिपद् अनुगमन व्यवस्थापन समिति गठन गरेको छ ।

प्रदेश २ मन्त्री परिषद्को आज बसेको बैठकले भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव र उद्योग वन पर्यटन तथा संस्कृतिमन्त्री रामनरेश रायलाई राखिएको छ ।

सो समितिले हालै प्रदेश २ को ८ वटै जिल्लामा आएको बाढी र पहिरोबाट भएको क्षतिहरुको स्थलगत निरीक्षण अनुगमन गरी पीडितलाई उपलब्ध गराउनुपर्ने राहत तथा अन्य मर्मत सम्भार जस्ता कार्यहरुको प्रदेश सरकारलाई सिफारिस गर्ने जिम्मेवारी पाएको छ । समितिकै सिफारिसको आधारमा प्रदेश सरकारले राहत बितरण कार्य अघि बढाईने जनाएको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश


प्रतिक्रिया दिनुहोस