Techie IT
×
गृहपृष्ठसमाचारचुरे उत्थानशील फर्निसिङको टेण्डरमा घोटाला

चुरे उत्थानशील फर्निसिङको टेण्डरमा घोटाला


काठमाडौं, १८ असार । चुरे उत्थानशिल आयोजना बबरमहलले चार जिल्लाको कार्यलय व्यवस्थापनका लागि आवश्यक फर्निचर टेण्डरमा न्युनतम मूल्य हाल्नेलाई टेण्डर उपलब्ध नगराई धेरै मूल्य हाल्नेलाई टेण्डर दिएको सूचना प्राप्त भएको छ।

चुरे उत्थानशील आयोजनाले महोत्तरी ,सुनसरी, सिन्धुली र काठमाडौं कार्यलयका लागि चाहिने फर्निचरको लागि प्रति जिल्ला १३ लाख अधिकतम मूल्य राखेर टेण्डर आह्वान गरेको थियो । कुल ५२ लाखको टेण्डरमा सिन्धुली, सुनसरी र महोत्तरीमा सबैभन्दा कम दररेट हाल्ने आर डि फर्निसिङलाई टेण्डर नदिइ धेरै दररेट हाल्ने इन्टर उड इन्डस्ट्रीजलार्इ टेण्डर दिइएको पाइएको छ।

झिल्कोलाई प्राप्त सूचना अनुसार चुरे उत्थानशील आयोजना प्रमुख र उक्त आयोजनाका खरिद शाखा प्रमुख राजकुमार गुप्ताको मिलेमतोमा धेरै दररेट हाल्नेलाई टेण्डर दिइएको हो। चुरे उत्थानशीलमा कार्यरत एक कर्मचारीले आफ्नो नाम नछापिदिने सर्तमा भने, ‘न्युनतम दररेट हाल्ने आर डि सप्लायर्स र धेरै रेट हाल्ने इन्टर उड इन्डस्ट्रीज बिचको फरक रकम अधिकतम दररेट हाल्ने इन्टर उड इन्डस्ट्रीजले खरिद शाखा प्रमुख राजकुमार गुप्तालाई दिनेछन् भने कुल टेण्डर रकमको १५ प्रतिशत रकम कार्यलय प्रमुखले अग्रिम भुक्तानी पाउनेछन्।’

टेण्डरमा अन्तर कति ?

न्तरिक मिलेमतोमा चार जिल्लाकै टेण्डर हत्याउन सफल इन्टर उड इन्डस्ट्रीज र कम दररेट हाल्दा पनि टेण्डर नपाउने आर डि फर्निसिङ बिचको अन्तर दररेट निकै फरक छ । महोत्तरीमा आर डि फर्निसिङले ६ लाख २७ हजार २ सय त्रिसट्ठी दररेट हालेको छ भने इन्टर उड इन्डस्ट्रीजले ७ लाख ८ हजार ९ सय सोह् हालेको थियो । यस्तै सुनसरीमा आर डि फर्निसिङले ६ लाख ६४ हजार ६ सय छैसठ्ठी दररेट हालेको थियोे भने इन्टर उड इन्डस्ट्रीजले ७ लाख २३ हजार ६ सय पचासी रेट हालेको थियो। यसैगरी सिन्धुली जिल्लामा आर डि फर्निसिङले ६ लाख ५५ हजार चारसय रेट हालेकोमा त्यो भन्दा बढि रेट हाल्ने९ ७ लाख २७ हजार ८ रुपैयाँ इन्टर उड इन्डस्ट्रीज लाई टेण्डर सप्लाइको आसय पत्र दिइएको छ।

चार टेण्डर नै इन्टर उड इन्डस्ट्रीजलाई 

सुनसरी, महोत्तरी, सिन्धुली र काठमाडौ जिल्लाको लागि खोलिएको उक्त टेण्डर जसरी पनि इन्टर उड इन्डस्ट्रीजलाई दिने नियत देखिएको छ। इन्टर उड इन्डस्ट्रीजले दररेट महङ्गो हालेको सुनसरी, सिन्धुली र महोत्तरी र आर डि फर्निसिङले हालेको दररेटमा इन्टर उड इन्डस्ट्रीजले २ लाख १२ हजार २ सय असी महङ्गो हाल्दा पनि कार्यलय प्रमुख र खरिद शाखा प्रमुख राजकुमार गुप्ताको मिलेमतोमा टेण्डर हत्याउन सफल भएको छ।

आर डि फर्निसिङले गुहार्यो अख्तियार

आफुले न्यूनतम दररेट हाल्दा पनि चुरे उत्थानशील आयोजना कर्मचारीले टेण्डर महङ्गो दररेट हाल्ने इन्टर उड इन्डस्ट्रीजलाई टेण्डरको आसय पत्र दिए पछि आर डि फर्निसिङले चुरे उत्थानशील आयोजना लगाएत अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक खरिद अनुगमन कार्लयल र वन तथा वातावरण मन्त्रालयमा उजुरी हालेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #chure, #ghotala, #hot


तपाईको प्रतिक्रिया दिनुहोस