Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशकाठमाडौंबाट हेटौँडा जाने सडक अवरुद्ध

काठमाडौंबाट हेटौँडा जाने सडक अवरुद्ध


काठमाडौं, १७ असार । काठमाडौंबाट हेटौंडा जाने सडकहरू अवरूद्ध भएका छन्। विभिन्न ठाउँमा पहिरो आएको हुनाले सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

कान्तिपथ राजमार्गबाट मकवानपुर जाने बाटो भिमफेदी गाउँपालिका वडा नम्बर ८ गंगटे भन्ने ठाउँमा पहिरोका कारण अवरूद्ध छ। भिमफेदी–कुलेखानीको सडकखण्डको गढी भन्ने ठाउँको सडक बुधबार बेलुकादेखि नै अवरूद्ध रहेको उनले बताए।

‘ललितपुरको भट्टेडाँडाबाट जाने कान्तिपथको बाटोमा पनि पहिरो गएको छ। भिमफेदी(कुलेखानी सडकखण्ड दक्षिणकाली हुँदै सिस्नेरी निस्किने बाटो पनि अवरूद्ध छ,’ प्रहरी निरीक्षक दासले भने।

त्यस्तै भित्री सडकखण्ड कैलाश गाउँपालिका वडा नम्बर १ डाँडाखर्कदेखि पालुङ जाने बाटोमा पनि सडक दुई सय मिटर तल खसेको हो। अहिले निरन्तर वर्षाका कारण पहिरो हटाउन पनि समस्या आइरहेको प्रहरी निरीक्षक दासले बताए।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #landslide, #road


तपाईको प्रतिक्रिया दिनुहोस