Techie IT
×
गृहपृष्ठसमाचारप्रधानन्यायाधीशको प्रश्न : संसद् नभएका बेला पार्टी फुट्न सक्छ र ?

प्रधानन्यायाधीशको प्रश्न : संसद् नभएका बेला पार्टी फुट्न सक्छ र ?


काठमाडौं, १७ असार । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संसद् नभएका बेला पार्टी फुट्न सक्छ ररु भन्दै प्रश्न गरेका छन्। प्रतिनिधि सभा विघटन मुद्दामा बिहीबार संवैधानिक इजलासमा सुनुवाइका क्रममा उनले प्रधानमन्त्रीका कानुन व्यवसायीलाई यो प्रश्न गरेका हुन्।

वरिष्ठ अधिवक्ता टंक दुलालले पार्टी नफुटेको अवस्थामा अर्को दलको नेतालाई समर्थन गरेको पत्रलाई समर्थन गर्न नमिल्ने बताए। त्यसपछि प्रधानन्यायाधीश राणाले सोधे, पार्टी फुट्न त संसद नै छैन, अनि कसरी फुट्छ ?

जवाफमा वरिष्ठ अधिवक्ता दुलालले केन्द्रीय समितिको निर्णयको आधारमा पार्टी फुट्न सक्ने बताए। प्रधानन्यायाधीश राणाले फेरि सोधे, कसरी फुट्छ, त्यो व्यवस्था छ र ?

यस्तै, प्रधानमन्त्री ओलीका अर्का कानुन व्यवसायी वरिष्ठ अधिवक्ता महेल नेपालले आफ्नो दलभन्दा अर्को दलको नेतालाई समर्थन गरेर गठन भएको सरकार गतिदिनसम्म चल्न सक्छरु भन्ने प्रश्न उठाए। उनले त्यसमा ह्वीप लाग्ने र कारबाही हुने बताए।

‘समर्थन गर्‍यो त्यसकारण हेड काउन्ट हुन्छ भन्न मिल्दैन। दलको आधारमा बहस गर्नुपर्छ’, नेपालले भने। बिहीबारका लागि बहस सकिएको छ। बिहीबार प्रधानमन्त्रीका कानुन व्यवासायीले तीन घण्टा बहस गरे। अब उनीहरुले बहसका लागि एक घण्टा ३० मिनेट पाउनेछन्।

प्रधानमन्त्रीका कानुन व्यवसायीको बहसपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन्। उनीहरुलाई एक घण्टा समय दिइएको छ। त्यसपछि सर्वोच्च र नेपाल बारबाट झिकाइएका एमिकस क्युरीले राय दिनेछन्। उनीलाई २ घण्टा दिइनेछ। अन्त्यमा रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ। यसका लागि उनीहरूलाई ३ घण्टा समय दिइनेछ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस