Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गर्‍यो, अयोध्या ठोरीमै छः प्रधानमन्त्री


काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन्।

आज  भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको कार्यक्रममा नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तथ्यहरूमाथि भारतले अतिक्रमण गरेको बताए ।

भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनले बताए । भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उनले भने, ‘हामी अहिले पनि ठानिरहेका छौ‌ं, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौं । भारतका होइन, अयोध्या रामलाई दिएका हौं हामीले । अयोध्या भनेको वीरगञ्ज भन्दा पश्चिमपट्टीको गाउँ हो ।’

उनले भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पार्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको बताए।

उनले “हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौं। तथ्यहरूमा अतिक्रमण भएको छ। हामी अहिले पनि सीता भारतका राजकुमार रामलाई दियौं भनेर ठानिरहेका छौं। भारतका हैन अध्योध्याकालाई दिएका हौं। अयोध्या भनेको वीरगन्ज भन्दा अलि पश्चिमपट्टीको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन,”  भने।

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सहि हो भने त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न गर्दै उनले ज्ञान, विज्ञानको सुरुवात र विकास नेपालमा भएको भएपनि त्यो श्रृंखलाले निरन्तरता पाउन नसकेको बताए।

उनले यसो भनिरहँदा आफूमाथि विद्धानहरुले हमला गर्न सक्ने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot

प्रतिक्रिया


ताजा अपडेट