Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशम्याग्दीमा जीप दुर्घटना हुँदा दुइ जनाको मृत्यु

म्याग्दीमा जीप दुर्घटना हुँदा दुइ जनाको मृत्यु


बेनी, असार १७ गते । म्याग्दीको मंगला गाउँपालिका–२ सिमलचौर हुँदै मंगला–१ पूर्णगाउँ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

बेनी नगरपालिका–५की १९ वर्षिय सबिना भण्डारी र मंगला गाउँपालिका–१ पुर्णगाउँकी १५ वर्षिया विमल विकको मृत्यु भएको बेनी अस्पतालले जनाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी श्यामकुमार राईले बताए । उकालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको हन सक्ने प्रारम्भीक अनुमान गरिएको समेत डिएसपी राईले जानकारी दिए ।

जीपमा सवार मंगला गाउँपालिका–१ पुर्णगाउँका २५ बर्षीय सुदन आचार्य, २६ बर्षीय एन्जिला भण्डारी, ३५ बर्षीय गीता खत्री, ८ बर्षीय अडिना नेपाली, ३६ बर्षीय अमृता रामजाली र गाडीका चालक १९ बर्षका अनिल रसाईली घाइते भएका छन् ।

घाईतेहरु अनिल रसाईली, अमृता रामजाली र गीता खत्रीलाइ थप उपचारका लागि पोखरा रिफर गरीएको छ । सिमलचौरदेखि पूर्णगाँउका लागि छुटेको उक्त जीप समलचौरको कपासे डाँडाबाट करीब २ सय मिटर तल नेवारे खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #jeep accident


तपाईको प्रतिक्रिया दिनुहोस