Techie IT
×
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशराउटे युवतीमाथि यौन दुर्व्यहार गर्ने तीन जना पुरुष जेल चलान

राउटे युवतीमाथि यौन दुर्व्यहार गर्ने तीन जना पुरुष जेल चलान


सुर्खेत, १६ असार । राउटे युवतीमाथि यौन दुर्व्यहार गर्ने तीन जना युवालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतले गुर्भाकोट नगरपालिकाका दोमन बहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

अदालका न्यायाधीश भीमप्रसाद सापकोटाको एकल इजलासले बुधबार कारागार चलान गर्न आदेश दिएका हुन् । राउटे समुदायका १९ र २३ वर्षीया युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर उनीहरुलाई यौन दुर्व्यवहार गरेपछि उनीहरुविरूद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबरजस्ती करणाीको मुद्दा दर्ता भएको थियो ।
युवतीलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तीनै जनालाई प्रहरीले प्रकाउ गरेको थियो ।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस