Techie IT
×
गृहपृष्ठसमाचाररुपा सुनार प्रकरण : शिक्षा मन्त्री कृष्णगोपाललाई मानव अधिकार आयोगले बोलायो

रुपा सुनार प्रकरण : शिक्षा मन्त्री कृष्णगोपाललाई मानव अधिकार आयोगले बोलायो


काठमाडौं, १६ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन्। रूपा सुनार प्रकरणमा आयोगले बोलाएपछि उनी बुधबार बिहान आयोग पुगेका हुन्।

पत्रकार रूपा सुनारलाई जातका आधारमा कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान रिहा हुँदा मन्त्रीले ‘लिफ्ट’ दिएको भन्दै श्रेष्ठको चौतर्फी आलोचना भइरहेका बेला उनी आयोग पुगेका हुन्। मन्त्री श्रेष्ठ झण्डावाल गाडीसहित प्रहरी कार्यालय पुगेर प्रधानलाई सोही गाडीमा उनको घरसम्म ‘लिफ्ट’ दिएका थिए।

जातिय छूवाछूत र भेदभावलाई प्रश्रय हुनेगरी मन्त्रीले काम गरेको भन्दै उनको आलोचना भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यस विषयमा मन्त्री श्रेष्ठसँग सोधेका थिए।

आयोगकी सदस्य लिलि थापाले मन्त्री थापा आयोगमा पुगेको पुष्टि गर्दै केहीबेरमा यसबारे विज्ञप्ति जारी हुने बताइन्। आयोगकी पूर्वसदस्य मोहना अन्सारीले अपराध गरेर माफी माग्ने र दिने अधिकार पीडित र अदालत बाहेक कसैलाई नभएको टिप्पणी गरेकी छिन्। आयोग पीडितको संरक्षक हुनुपर्नेमा पीडकको संरक्षक भएको अन्सारीको आरोप छ।

‘राष्ट्रिय मानव अधिकार आयोग कसकोरु सरकार जसले संविधान, विधि, प्रक्रियाको धज्जी उडाउँदै गरेको नियुक्ति, त्यसैलाई न सलाम ठोक्छ’, अन्सारीले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस