Techie IT
×
गृहपृष्ठसमाचारअन्तरपार्टी कुटनीतिले बलियो पारेको चीनको अन्तर्राष्ट्रिय सम्बन्ध

अन्तरपार्टी कुटनीतिले बलियो पारेको चीनको अन्तर्राष्ट्रिय सम्बन्ध


चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी मनाउन लागिएको बेला सो पार्टीले बाँकी विश्वका देशहरूसँग कसरी सम्बन्ध विस्तार ग¥यो भन्ने विषय अहिले विशेष ध्यान दिनु पर्ने विषय बनेको छ । स्थापना हुँदाका बखतदेखि एक अन्तर्राष्ट्रिय दृष्टिमा चिनियाँ कम्युनिस्ट पार्टी एक प्रगतिशील पार्टी रही आएको छ ।क्रान्तिकारी वर्षहरूमा अन्य देशहरूबाट यसले समर्थन र सदभाव प्राप्त ग¥यो ।सन् १९४९मा जनगणतन्त्र चीनको स्थापना भइरहेको बेला देखि पार्टीको अन्तर्राष्ट्रिय सम्बन्धहरू चीनको कुटनीतिक हिस्सा भइआएको छ । यसले देशको विकाससँगै सुधार तथा अन्यदेशहरूका लागि ढोका खोलिरहन योगदान दिँदै आएको छ ।

वैश्विक सम्बन्धहरू

पार्टी नेतृत्वमा सन् १९४९को सुरुआतमा भएको क्रान्तिको विजयको दृश्यमा , माओ जेदोङ र अन्य नेताहरूले सोभियत संघको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पोलिटब्युरो समिति सदस्य अनास्तास मिकोयानसँग त्यतिखेरको पार्टी हेडक्वार्टरमा भेटे ।त्यो वर्षको गर्मीमा पार्टीको एक प्रतिनिधिमण्डलले दूतावासहरू स्थापना गर्न र भविष्यका दुई पक्षीय सम्बन्धीहरूको विषयमा छलफल गर्न सोभियतसंघको एक गुप्त भ्रमण ग¥यो ।पार्टीले सत्ताधारी पार्टीको नयाँ भूमिकाका लागि आफूलाई तयार गर्न धेरै महत्वपूर्ण कदम चाल्यो ।

सन् १९५१मा अन्तर्राष्ट्रिय विनिमयहरूलाई विस्तार तथा गहिरो बनाउने उद्देश्यले पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागको स्थापना गरियो ।ट्रेड युनियन तथा महिला महासंघहरू जस्ता सामाजिक संगठनहरूलाई बाह्य सम्पर्कहरू बलियो पारिरहन पार्टीको अन्तरपार्टी सम्बन्धहरूका कार्यढाँचा भित्र रहेर सक्रिय पारियो ।

सन् १९६०को दशकको अन्त्यतिर देशको समग्र कुटनीतिको जस्तो रहेको पार्टीको विदेश विनिमयले धक्काको सामना ग¥यो ।पार्टीको अन्तर्राष्ट्रिय सम्बन्धहरूले राज्य राज्य बिचका सम्बन्धहरूको सेवा गर्नैपर्ने आधारभूत विचारमा कुनै ठोस परिवर्तन भएन ।

सन् १९७०को दशकको अन्त्यतिर पार्टीले अफ्रिकाका राष्ट्रवादी पार्टीहरूसागको सम्बन्धहरू स्थापना गर्न सुरु गरिरहेका बेला पश्चिमा देशका बामपन्थी पार्टीहरूसँग काम गरिरहेको थियो ।

स्वतन्त्रता, समानता, पारस्परिक सम्मान र एक अर्काको मामिलामा अहस्तक्षेपको सिद्धान्तहरूको आधारमा रहेर चीनले पार्टीसँग सम्पर्क गर्न तयार भएका विभिन्न देशका राजनीतिक दलहरूसँगको अन्तरपार्टी सम्बन्धको विकास ग¥यो ।

पार्टीका अन्तर्राष्ट्रिय सम्बन्धहरू वैचारिक आधारमा बढेका थिएनन तर चीनको सुधार, खुलापन र आधुनिकीकरणका आवश्यकताहरू पूरा गर्ने उद्देश्यले यी सम्बन्धहरू अगाडि बढाइएका थिए ।

विदेशी विनिमयहरूलाई लचकदाररूपमा अगाडि बढाउन र विश्वका अन्य भागका देशहरूसँगको पार्टीको सम्बन्ध थप विस्तार गरिरने उद्देश्यका लागि अन्तर्राष्ट्रिय समझधारीका लागि चीन संघ र शान्ति तथा निशस्त्रीकरणका लागि चिनियाँ जनताको संघ क्रमशः १९८१ र १९८५मा स्थापना गरिए ।समाजवादी देशहरूको सत्ताधारी पार्टीहरूसँग पार्टीका सम्बन्धहरू पनि समायोजन गरिए । १९८०को दशकको अन्त्यतिर धेरै उत्थान पतनपछि पार्टीका अन्तर्राष्ट्रिय सम्बन्धहरू एक नयाँ ढाँचामा आकार लिए ।

यद्यपि सोभियतसंघको विखण्डन र पूर्वी युरोपका देशहरूमा आएका व्यापक परिवर्तनहरूले वैश्विक राजनीतिहरूमा ठूलो प्रभाव पा¥यो ।एकतर्फ कम्युनिस्ट पार्टीहरू ती देशका सत्तामा रहिरहेन भने अर्कोतर्फ विश्वव्यापीरूपमा राजनीतिक पार्टीसँगको विनिमयहरूले लाभ प्राप्त ग¥यो ।

यो परिवेश विरूद्ध पार्टीले शीतयुद्ध अन्त्य भएपछि चीनको विदेश नीतिमा परिवर्तन गरी संवादका नयाँ बाटाहरू खुलाउन महान प्रयास ग¥यो ।

पार्टीको अन्तर्राष्ट्रिय विनिमय कार्यक्रमहरूले आज चीनको एक प्रमाणिक तस्विर प्राप्त गर्न तथा देशसँगको सम्बन्ध गहिरो पार्न अन्य देशका राजनीतिक नेताहरू तथा सार्वजनिक व्यक्तित्व बिचको पुलको काम मात्रै गर्दैन सँगै पार्टीका लागि विश्वलाई पूर्णरूपमा बुझ्न तथा अन्यदेशहरूका लागि आफ्ना नीतिहरू तथा दृष्टिहरूलाई ठोसरूपमा प्रस्तुत गर्न कुनै बाटो पनि दिन्छ ।

महत्वपूर्ण भूमिका

हालका वर्षहरूमा पार्टीले राज्य राज्य बिचको सम्बन्धहरू प्रवद्र्धन गर्न तथा अन्तर्राष्ट्रिय सुशासन सुधार गर्न अन्तरपार्टी विनिमय तथा सहयोगको कुनै नयाँ तरिकाको विकास गर्ने प्रयास गरिरहेको छ ।

सन् २०१७मा पार्टीको १९ राष्ट्रिय जनकांग्रेसमा ,राष्ट्रपति साथै पार्टी केन्द्रीय समितिका महासचिव समेत रहेका सी चिनफिङले अन्य देशका राजनीतिक दलहरू तथा संगठनहरूसँग पार्टीले आफ्नो विनिमय र सयहोग बलियो पार्ने बताए । त्यसयता पार्टीले चीनको उन्नत कुटनीतिलाई सहयोग गर्न अन्तर्राष्ट्रिय विनिमयहरूलाई अझ बढी विविध बाटाहरूको विकास गरेको छ ।

विश्वका राजनीतिक दलका उच्चस्तरीय बैठकसँगै पार्टीको संवाद अवधिमा १९ औं पार्टी राष्ट्रिय कांग्रेस अनुशरण गरी राष्ट्रपति सीले चिनियाँ जनताको जनकल्याण तथा विश्वका समग्र मानव समुदाको प्रगति दुवैका लागि पार्टीले फड्को मार्ने बताए ।

झन् चीन कुनै राजनीतिक मोडलको आयात गर्दैन न त चिनियाँ मोडलेको निर्यात गर्न चाहन्छ । यसको साटो पार्टीले चीरकालीन वैश्विक शान्ति तथा शान्तचित्तताका लागि योगदान दिन, सबैका लागि विकास प्रवद्र्धन गर्न र समग्र सभ्यताहरूमाझ पारस्परिक समृद्धि प्रोत्साहन गर्न प्रस्ताव गर्छ ।

“हामी अन्य देशका जनता तथा राजनीतिक दलहरूसँगको संवाद, विनिमय र सहयोगका लागि संलग्न रहन तथा देशहरू संस्कृति तथा जनता जनता बिचको विनिमयहरूलाई सहयोग गरिरहन प्रतिबद्ध छौं ”सीले भने ।

पार्टीका अन्तर्राष्ट्रि सम्बन्धहरूका मुख्य विशेषताहरूमा आज सुशासनसम्बन्धी ज्ञानको विनिमय, समानता तथा पारस्परिक सहयोग प्राप्तिको प्रवद्र्धन, राज्य तथा राज्य बिचका सम्बन्धहरू सुदृढीकरण र वैश्विक सुशासनमा सधुार गरिरहनु रहेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्धहरूको बलिया विकासलाई निर्देशन गरिरहन तथा मानवताका लागि एक साझा भविष्य भएको कुनै समुदायको सिर्जनालाई बलियो पारिरहन यो कार्यढाँचा एक महत्वपूर्ण तत्व बनेर आएको छ ।

२१औं शताब्दीमा अग्रगामी सोच भएको देशको रूपमा चीनको विकास भएको विषयमा विश्व द्रुतगतिले सजग भइरहेको विषय पार्टीको बलियो नेतृत्वमा रहेको छ । त्यसैले समकालीन गतिविधिको पूर्ण बुझाइका लागि पार्टीको दर्शनलाई जोसुकैले बुझ्नै पर्छ ।

सन् २०२०देखि कोभिड १९ले विश्वभर ध्वंस दिइरहेको छ । पार्टीले देश बाहिरका देशहरूसँग सञ्चार गर्दै सुशासनमा वश्वका दृष्टिबिन्दुहरूलाई साझा गर्दैआएको छ र अझ विशेषरूपले कोरोनाभाइरसँग जुध्न र निरपेक्ष गरिबी निमूर्लीकरण पूरा गर्न गरेको अनुभवहरूलाई साझा गरिरहेको छ ।यो शान्तिपूर्ण विकास र कोभिड १९ विरूद्ध अन्तर्राष्ट्रिय समुदायको लडाइँ र हैकमवाद तथा एकपक्षीयतावाद जस्ता राजनीतिकरूपमा अस्थिर तत्वहरू विरूद्धको संघर्षमा सबैले जित्न सहयोग गर्ने एक नयाँ प्रेरणा हुन सक्छ ।

(बेइजिङ रिभ्युमा प्रकाशित)

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस