Techie IT
×
गृहपृष्ठसमाचारअमेरिकाले पनि यो पुस माघ अघि नेपाललाई खोप नदिने

अमेरिकाले पनि यो पुस माघ अघि नेपाललाई खोप नदिने


काठमाडौ । भारतले  नेपाललाई कोरोनाभाइरसको खोप दिने कुनै निश्चित नगरिरहेकै बेला अमेरिकी कम्पनीहरूले पनि पुस माघ यता खोप नदिने देखिएको छ ।

अमेरिकाका खोप बनाउने दुई कम्पनी जनसन एन्ड जनसन र मोडर्नामध्ये कसैले पनि पुस माघयता नेपाललाई खोप दिन सक्ने विश्वास दिलाउन सकेको छैन् ।

भारतमा महामारी फैलिएर समस्या उत्पन्न गराएपछि नेपाललाई दिन भनेको खोप दिन त्यहाँको सरकारले असमर्थता जनाएको थियो ।

त्यसयता नेपालले गत चैत वैशाखतिर तेस्रो देशबाट खोप खरिद गर्ने योजना बनाएको थियो । त्यस अन्तर्गत अमेरिकी कम्पनीबाट किन्ने पहल अनुसार जनसन एन्ड जनसनबाट ५०लाख र मोडर्नाबाट २० लाख खोप किन्ने पहलले ठोस रूप लिन सकेको छैन् ।

वासिंटनस्थित अमेरिकाका लागि नेपाली दूतावासले जनाए अनुसार अमेरिकाका दुई मध्ये कुनै पनि कम्पनीले पुस माघ यता खोप नेपाललाई बिक्री गर्न सक्ने अवस्थामा रहेको छैन् ।

भारतमा खोप कार्यक्रम सञ्चालन भइरहेको र हर्ड इम्युनिटी पाउन अगस्टसम्मको समय लाग्ने देखिएको छ । त्यसयता भारतले नेपाललाई खोप दिने कुरो निश्चित हुने सम्भावना थोरै रहेको छ ।

स्वास्थ्य मन्त्रालय सम्बद्ध स्रोत अनुसार सरकारका मन्त्रीहरूले गर्दा खोप खरिद गर्न समस्या भएको छ । मन्त्रालयदेखि बालुवाटारसम्म कमिसनको खेलले गर्दा यसअघि करिब करिब सुनिश्चित भइसकेको खोप आपूर्ति आन्तरिक कलहका कारण थप खोप आउन नसकेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस