Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशधान दिवसको दिन सप्तरीमा सडकमै धान रोपियो

धान दिवसको दिन सप्तरीमा सडकमै धान रोपियो


सप्तरी । आज असार १५ गते अर्थात् धान दिवस । हुन त आज देशभरि खेतमा धान रोपेर दिवस मनाइएको छ । तर सप्तरीमा भन्ने धान दिवसका अवसरमा स्थानीयवासी युवाहरूले सडकमै धान रोपाइँ गरेका छन् ।

सामान्य वर्षामा पनि सप्तरीको पातो–कठोना सडक खण्ड हिलाम्मे बनेको भन्दै आक्रोशित युवाहरूले सडकमै धान रोपाइँ गरेका हुन् । वर्षौँदेखि यो सडक खण्ड जीर्ण रहेको तथा सामान्य वर्षामा पनि हिलाम्मे बनेको भन्दै स्थानीय युवाहरूले यो सडकमा धान रोपाइँ गरेका हुन् ।

डाक्नेश्वरी नगरपालिकाका पातो, भुतहि, ओरहि, कबिलासा, गम्हरिया प्रवाहा, ब्रहमपुरलगायत बोदे बर्साइन नगरपालिकाका विभिन्न वडाका स्थानीयवासीले दिनहुँ यो सडक भएर आवतजावत गर्नुपर्ने भए पनि यसको निर्माणमा कुनै निकायले पहल नगरेको उनीहरूले बताएका छन् ।

सडकको बारेमा सडक डिभिजन कार्यालय र नगरपालिकालाई जानकारी गराउँदा पनि ध्यान नदिएको स्थानीयवासीको आरोप छ ।

उनीहरूले यस सडकका बारेमा सम्बन्धित निकायले समयमै ध्यान नदिएमा कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । यसबारेमा डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

 


क्याटेगोरी : समाचार, मधेस प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस