Techie IT
×
गृहपृष्ठराजनीतिनेपाल प्रेस युनियन जेठ २४ गते जारी भएको विज्ञप्तिबाट पछि हटेको हो ?

नेपाल प्रेस युनियन जेठ २४ गते जारी भएको विज्ञप्तिबाट पछि हटेको हो ?


काठमाडौं, १५ असार । केपी ओली नेतृत्वको कामचलाउ सरकारले प्रेस काउन्सिलमार्फत सिङ्गो प्रेसमाथि अंकुश लगाउने षड्यान्त्र गरेको छ । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ सुझाव र परामर्शमामात्र प्रेस काउन्सिलका पदाधिकारी नियुक्त गर्नुपर्ने ऐनको व्यवस्थालाई वर्तमान सरकारले पूर्ण रुपमा उल्लंघन गरेको पत्रकारका बिभिन्न पाँच संगठनहरुले गत जेठ २४ गते नै संयुक्त विज्ञप्ति जारी गर्दे बिरोध जनाइसकेका छन् ।

गत जेठ २४ गते एउटा संयुक्त विज्ञप्ती जारी भएको एक महिना पनि पुगेको छैन् । त्यो विज्ञप्तीमा उल्लेख भएका विषयहरु जस्ताका त्यस्तै छन् । विज्ञप्तीमा बर्तमान सरकारले गरेका संचार सम्बन्धी नियुक्तीको विरोध गरिएको थियो । सो विज्ञप्तिमा प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारीका उपाध्यक्ष विश्वमणि सुवेदी, प्रेस मञ्चका अध्यक्ष केशव नेपाल र प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेलले संयुक्त हस्ताक्षर गरेर जारी गरेका थिए ।

बद्रि सिग्देलसहित प्रेस काउन्सिलका नवनियक्त अध्यक्ष बालकृष्ण बस्नेत, न्यूनत पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल, काउन्सिलका बोर्ड सदस्य दीपक पाण्डे, नेकपा एमालेका नेता माधव कुमार नेपाल निकाट भनेर आफूलाई चिनाउन रुचाउने पत्रकार गोविन्द चौलागाई लगायतका व्यक्तिहरु हुम्लाको सिमिकोट पुगेको सन्दर्भमा खिला कार्कीले फेसबुकमा स्ट्याटस लेख्नुलाई पत्रकार दीर्घाका बिचमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

तर आज एक महिना पनि नबित्दै तीनै विवादीत नियुक्ती भएका संस्थाले आयोजना गरेको कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल सहभागी हुनु दुर्भाग्यपूर्ण भएको प्रेस युनियनका सचिव खिला कार्कीले उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस युनियन जेठ २४ गते जारी भएको विज्ञप्तीबाट पछि हटेको हो ? भन्दै प्रश्न गरेका छन् । उनी लेख्छन्, ‘नभए नेपाल प्रेस युनियन जस्तो लोकतान्त्रीक र गरिमामय इतिहाँस बोकेको संस्थालाई पिँध नभएको लोटा जस्तो बनाउन बन्द गरियोस ।’ गरिमा धान्न नसक्नेहरुले समयमा नै सरी भन्दा राम्रो हुन्थ्यो भन्दै सचिव कार्कीले चेतावनी दिएका छन् ।

यस्तो छ कार्कीले लेखेको फेसबुक स्ट्याटस:

‘जेठ २४ गते एउटा संयुक्त विज्ञप्ती जारी भएको एक महिना पनि पुगेको छैन् । त्यो विज्ञप्तीमा उल्लेख भएको विषयहरु जस्ताका त्यस्तै छन् । विज्ञप्तीमा बर्तमान सरकारले गरेका संचार सम्बन्धी नियुक्तीको विरोध भएजस्तो लाग्छ । तर आज एक महिना पनि नबित्दै तीनै विवादीत नियुक्ती भएका संस्थाले आयोजना गरेको कार्यक्रममा नेपाल प्रेस युनियन सहभागि हुनु दुर्भाग्यपूर्ण हो । कि नेपाल प्रेस युनियन जेठ २४ गते जारी भएको विज्ञप्तीबाट पछि हटेको हो । नभए नेपाल प्रेस युनियन जस्तो लोकतान्त्रीक र गरिमामय इतिहाँस बोकेको संस्थालाई पिँध नभएको लोटा जस्तो बनाउन बन्द गरियोस । गरिमा धान्न नसक्नेहरुले समयमा नै सरी भन्दा राम्रो हुन्थ्यो । त्यो बेला बित्दा समेत भएन । अग्रजहरुले दुःख गरेर बनाएको गरिमामय संस्थाको प्रतिष्ठा धुमिल बनाउन कसैलाई पनि छुट छैन् । जय नेपाल’

बद्रि सिग्देलसहित प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेत, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल, काउन्सिलका बोर्ड सदस्य दीपक पाण्डे, नेकपा एमालेका नेता माधव कुमार नेपाल निकट भनेर आफूलाई चिनाउन रुचाउने पत्रकार गोविन्द चौलागाई लगायतका व्यक्तिहरु हुम्लाको सिमिकोट पुगेको सन्दर्भमा खिला कार्कीले फेसबुकमा स्ट्याटस लेख्नुलाई पत्रकार दीर्घाका बिचमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

पत्रकारका नेताहरुले संयुक्त हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा प्रेस काउन्सिलका अध्यक्ष भवानी बरालको सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन हुँदा हुँदै अर्को अध्यक्ष नियुक्तिको प्रकृया हेर्दा आफ्ना विपक्षमा लेख्ने मिडियामाथि अंकुश लगाउने, निर्वाचन धाँधली गराउने गुरुयोजना अन्तर्गत प्रधानमन्त्री ओली लागेको स्पष्ट भएको जनाइएको थियो ।

विभिन्न सरकारी स्वामित्वका सञ्चार संस्था एवम् निकायमा आफ्ना कार्यकर्तालाई राजनीतिक नियुक्ति गर्ने, ती निकायमा नियुक्त व्यक्तिले सार्वजनिक संस्थालाई सरकारका पदाधिकारी तथा सरकारको नेतृत्वकर्ता पार्टीको पक्षमा परिचालन गर्ने तथा प्रेसलाई थप अंकुश लगाउने गरी भइरहेको क्रियाकलापप्रति ती संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए ।

यो पनि पढ्नुहोस्,

प्रेस काउन्सिलमार्फत सिङ्गो प्रेसमाथि अंकुश लगाउने षड्यन्त्र

 

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #hot


तपाईको प्रतिक्रिया दिनुहोस