Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

राष्ट्रपतिलाई महाभियोग लगाउन वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको सुझाव


काठमाडौं, १५ असार । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभा पुनःस्थापना हुनासाथ राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन विपक्षी गठबन्धनलाई सुझाव दिएका छन् । विपाक्षी गठबन्धनका शीर्ष नेताहरुले नागरिक समाजका प्रतिनिधि र पेशागत संगठनका अगुवासंग गरेको छलफलमा श्रेष्ठले यस्तो सुझाव दिएका हुन् ।

प्रतिनिधिसभा पुनःस्थापनापश्चात पनि ७६ ९५० को सरकार गठनका लागि राष्ट्रपतिबाट अवरोध हुनसक्ने भएकोले महाभियोग लगाउन अनिवार्य हुने श्रेष्ठको भनाई छ ।

‘प्रतिनिधिसभा पुनःस्थापना भयो भनेपनि राष्ट्रपतिबाट निष्पक्ष काम नहुनसक्छ । देउवाको नेतृत्वमा सरकार बनाउन अवरोध हुनसक्छ । त्यसैले राष्ट्रपतिलाई महाभियोग लगाउन तयार हुनुहोला’, श्रेष्ठको सुझाव थियो ।
उनले प्रतिनिधिसभा पुनःस्थापनापछि देउवा प्रधानमन्त्री भइहाले नेकपा एमालको माधव नेपाल पक्षले विश्वासको मत दिन्छ वा दिदैंन भनी प्रश्नसमेत गरेका थिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #raman shrestha

प्रतिक्रिया


ताजा अपडेट