Techie IT
×
गृहपृष्ठसमाचारधान दिवसमा रोपाईमा सहभागी बन्दै मन्त्री नेवाङ

धान दिवसमा रोपाईमा सहभागी बन्दै मन्त्री नेवाङ


काठमाडौं । आज असार १५ । असार १५ जसलाई धानदिवस पनि भनेर भनिन्छ । आज देशभर धान दिवस मनाइदैछ । किसानहरुलाई मानो रोपेर मुरी उब्जाउने चटारो छ । खेतमा काम गरी दही च्यूरा खाएर असार १५ मनाउने नेपालीहरुको मौलिक प्रचलन हो ।

यही सन्दर्भमा कृषि तथा पशुपंछी विकास मन्त्री बसन्त कुमार नेम्वाङले ललितपुरको खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषदले आयोजना गरेको रोपाई कार्यक्रममा सहभागी भएर रोपाइँ गरेका छन ।

किसानलाई हौसला प्रदान गर्न सरकारका मन्त्रीले विगतदेखि नै धान दिवसको दिन रोपाईमा सहभागी हुँदै आएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस